मंगलबार, चैत ३, २०८२

खाली पेट लसुन खानुका फाइदै फाइदा

आयुर्वेद विज्ञहरूका अनुसार लसुनमा यस्ता धेरै औषधी युक्त गुणहरू पाइन्छ, जसले शरीरलाई धेरै गम्भीर रोगहरूबाट बचाउन मद्दत गर्छ।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

लसुन वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। लसुनले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ।

National life

प्राचीन चिकित्सामा लसुन वर्षौंदेखि औषधीको रूपमा प्रयोग हुँदै आएको छ। स्वास्थ्य विज्ञका अनुसार रुघाखोकी, उच्च रक्तचाप, बाथ, दाँत दुख्ने, कब्जियत र संक्रमणजस्ता रोगबाट लसुनको सेवनले छुटकारा पाउन सकिन्छ। विज्ञहरूका अनुसार बिहान खाली पेटमा लसुन खानु स्वास्थ्यका लागि विशेष फाइदाजनक हुन्छ।

आयुर्वेद विज्ञहरूका अनुसार लसुनमा यस्ता धेरै औषधी युक्त गुणहरू पाइन्छ, जसले शरीरलाई धेरै गम्भीर रोगहरूबाट बचाउन मद्दत गर्छ। खाली पेटमा लसुनको ४-५ वटा केस्रा खाँदा स्वास्थ्यमा धेरै नै फाइदा हुन्छ। 

पोषक तत्त्वहरूले भरिपूर्ण

लसुन पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। सामान्य मसलाको तुलनामा यसमा क्यालोरी कम हुन्छ भने यसमा भिटामिन सी, भिटामिन बी-६ र म्याङ्गनीज प्रशस्त मात्रामा पाइन्छ।

Laxmi sunrise bank
kumari

लसुनको केस्रा चपाएर कम्पाउन्ड पाचन प्रणाली र त्यसपछि शरीरमा प्रवेश गर्छ। यसलाई स्वास्थ्यका लागि विशेष फाइदाजनक मानिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

बिहान ४-५ लसुनको केस्रा चपाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। जाडो मौसममा शरीरलाई न्यानो राख्न पनि फाइदाजनक मानिन्छ।

लसुनमा यौगिकहरू हुन्छन् जसले प्रतिरोधात्मक प्रणालीलाई फ्री रेडिकल र रोग निम्त्याउने रोगजनकहरूसँग लड्न मद्दत गर्दछ। लसुनमा एलिसिन हुन्छ, जसले आन्तरिक प्रतिरोधात्मक क्षमता प्रणालीलाई सुधार गर्छ।

पेट स्वस्थ राख्छ

स्वस्थ पेटलाई पाचन र तौल दुवैका लागि फाइदाजनक मानिन्छ। पेटमा राम्रो ब्याक्टेरियाको संख्या बढाउन लसुन भन्दा राम्रो केही छैन।

आन्द्रालाई स्वस्थ राख्नाले तौल घटाउने प्रक्रियालाई गति दिन्छ र पेटसम्बन्धी समस्याहरू जस्तै पखाला र कब्जियतबाट बच्न पनि सहयोगी हुन्छ।

शरीरलाई डिटोक्स गर्छ

शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न काँचो लसुन खानु राम्रो मानिन्छ।

यसमा पाइने सल्फहाइड्रिल यौगिकहरूले शरीरबाट विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ, जसले गर्दा टाइफस, मधुमेह, डिप्रेसन र केही प्रकारको क्यान्सर जस्ता रोगहरूको जोखिम कम हुन्छ।  -अमर उजालाबाट

प्रकाशित: Jul 23, 2022| 06:10 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्