बिहीबार, वैशाख ३१, २०८३

रसुवाको धुन्चेमा आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु

दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

रसुवा- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुन्चेमा पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ। दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ।

National life

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गरे। प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा. अमूल्य दाहालले जानकारी दिए। केन्द्र सञ्चालक समितिका अध्यक्ष दावा मिङ्मर तामाङका अनुसार  प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति रहेको र  उत्तरी रसुवाका करिब १० हजार बासिन्दालाई सेवा दिने लक्ष्य लिइएको छ।

भाडाका घरमा रहेको केन्द्रलाई  साविक जिल्ला कृषि विकास कार्यालयको भवनमा  व्यवस्थित गराई १५ शय्याको अस्पताल सञ्चालन गराउन आफूले समन्वय गरिरहेको जिसस प्रमुख घिमिरेले बताए।

ढिलै भए पनि आयुर्वेद पद्धतिको उपचार रसुवामा प्रभावकारी हुँदै गएको बताउँदै  गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ का वडाध्यक्ष  दावासिदार वाइवाले आफूले अस्पताल  सञ्चालन गराउने कार्यमा पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाए।

जिल्लामा अब  रसुवा अस्पताल र जिल्ला आयुर्वेद केन्द्रसमेतका दुई प्रयोगशाला सेवाले काठमाडौँ तथा नुवाकोट त्रिशूलीमा  रिफरको समस्या हट्ने स्थानीय बासिन्दाको विश्वास छ।

प्रकाशित: Jul 22, 2022| 22:00 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्