बिहीबार, वैशाख ३१, २०८३

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना संक्रमित

विगत चार महिनादेखि बन्द रहेको पीसीआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि संक्रमित भेटिन थालेका हुन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

पर्सा- कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना संक्रमित भेटिन थालेका छन्। 

National life

विगत चार महिनादेखि बन्द रहेको पीसीआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि संक्रमित भेटिन थालेका हुन्। गत चैतको अन्तिम सातादेखि संक्रमित नभेटिएपछि बन्द गरिएको पीसीआर परीक्षणलाई पुनः सुरु गरिएपछि संक्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए। 

सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा गएको २४ घन्टामा भएको पीसीआर परीक्षणमा छ जना संक्रमित भेटिएका छन्। उनले ३४ जनाको स्वाब परीक्षण गर्दा छ जना महिलामा संक्रमण पुष्टि भएको बताए। 

ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शंका लागि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा सिंहले जानकारी दिए। 

अठार वर्षदेखि २४ वर्ष उमेर समूहका ती महिला संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उनले बताए। 

नारायणी अस्पतालमा हाल प्रत्येक मंगलबार शंका लागेका बिरामीको पीसीआर परीक्षण सुरु गरिएको र यो संख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ।   -रासस


प्रकाशित: Jul 22, 2022| 15:54 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्