मंगलबार, चैत ३, २०८२

अक्सिजेनेटर ल्याउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको सुझाव

समितिले कानुनी बाधाहरुलाई फुकाएर भएपनि उक्त मेसिन ल्याउन सहज बनाउन सुझाव दिएको हो।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं- मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर मेसिन कुटनीतिक पहल गरेर ल्याउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई सुझाव दिएको छ।

National life

समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर ल्याउनका लागि कुटनीतिक पहल गर्ने, कानुनी बाधाहरुलाई फुकाएर भएपनि उक्त मेसिन ल्याउन सहज बनाउन सुझाव दिएको हो। 

समितिका सभापति जयपुरी घर्तिले उक्त उपकरण ल्याउन सरकारलाई सुझाब दिएकी हुन्। मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर हाल विश्व बजारमानै अभाव भएकाले नेपालका अस्पतालमा पनि अभाव भएको गंगालाल अस्पतालका निर्देशक चन्द्रमणी अधिकारीले बताए। अधिकारीले कोरोना महामारीका र युक्रेन रसिया युद्दका कारण पनि मेसिनको अअभाव भएको बताए। 

उनका अनुसार उक्त अक्सिजेनेटर विश्वमा नै जम्मा ३ वटा कम्पनीले उत्पादन गर्दछ।  तर त्यसका लागि आवश्यक पर्ने मेम्रेन भन्ने सामान चीनदेखि सप्लाई हुने तर कोरानाका कारण त्यो पनि रोकिएकाले यस्तो समस्या आएको हो। अधिकारीका अनुसार विगतमा पनि यसको अभाव भएको थियो तर एक-अर्का अस्पतालसँग सरसापट गरेर काम चलाईएकोमा हाल सबै अस्पतालहरुसँग अभाव भएको छ। खरिद प्रकृया अगाडि बढेपनि मेसिन आउन ढिला भएको उनले बताए। 

समितीमा मन्त्रालयकी सचिव देवकुमारी गुरागाँइले अमेरिका र जापान सरकारसँग कुटनितिक पहल गरेर ल्याउन सकिने सुझाब दिएकी थिइन्।  गुरागाँइले कोरियाबाट केही दिनभित्रै १० वटा अक्सिजेनेटर आउन लागेको जानकारी दिइन्। 

Laxmi sunrise bank
kumari

गंगालालका निर्देशक चन्द्रमणी अधिकारीका अनुसार नेपालमा बार्षिक २ हजार ५ सय ओपन हार्ट सर्जरी हुनेमा १हजार ८ सय देखि १ हजार ९ सयसम्म गंगालालमा हुने बताए।एउटा अक्सिजेनेटरले एक जना बिरामीका लागि मात्रै काम गर्ने उनले बताए।

हाल गंगालालमा बालबालिकाका लागि आवश्यक पर्ने अक्सिजेनेटर भएको तर वयस्कका लागि आवश्यक पर्ने अक्सिजेनेटर नभएको बताए। आपतकालिन शल्यक्रियाका लागि भने केही स्टक रहेको अधिकारीले जानकारी दिए।

प्रकाशित: Jul 22, 2022| 15:36 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्