बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलार्इ 'बाँदर' बनाई फेसबुकमा पोस्ट गर्ने कर्मचारी हिरासतमा 

प्रधानमन्त्रीलार्इ 'बाँदर' बनाई फेसबुकमा पोस्ट गर्ने कर्मचारी हिरासतमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी सामाजिक सञ्‍जाल फेसबुकमार्फत् नकारात्मक टिप्पणी गर्ने एक कर्मचारीलार्इ प्रहरी पक्राउ गरी हिरासतमा राखेको छ। 

भक्तपुर सुर्यविनायक-३ का होमनाथ सिग्देललाई प्रहरीको अपराध महाशाखाको टोलीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो।

काभ्रेको रोशी गाउँपालिका-५ का वडा सचिव नायब सुब्बा सिग्देलले प्रधानमन्त्री ओलीको टाउकोलाई बाँदर र मानिसको नग्न शरीरसँग जोडीेर फेसबुकबाट सेयर गरेका थिए।
 
यसरी सामाजिक सञ्जालको दुरुपयोग गरी अर्कोको तस्बिर वा अन्य कुनै कार्टुन प्रयोग गरी चरित्रहत्या गर्नेलार्इ विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम एक लाख जरिवाना तथा पाँच वर्ष कैद हुने कानूनी व्यवस्था छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।