बिहीबार, असार ३२, २०८३

नेपाल समयका सम्पादक सुवेदीलाई पितृशोक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल समयका सम्पादक विष्णु सुवेदीलाई पितृशोक परेको छ। सुवेदीका पिता धातानन्द सुवेदीको मंगलबार निधन भएको छ।

पाँच वर्षदेखि प्रोस्टेट ग्रन्थीको क्यान्सरबाट पीडित सुवेदीको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा मंगलबार बिहान निधन भएको हो। उनको मंगलबार नै देवघाटमा दाहसंस्कार गरिएको छ। पार्थिक शरीरमा जेठा छोरा विष्णु सुवेदीले दागबत्ति दिएका थिए।

गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगामा ७ असोज २००७ मा जन्मिएका स्वर्गीय सुवेदीका पत्नी, दुई छोरा र एक छोरी छन्। 

सम्पादक सुवेदीको परिवारलाई परेको पितृशोकको यस दुःखद् घडीमा हार्दिक समवेदना प्रकट गर्दै नेपाल समय परिवार मृतात्माको चीर शान्तिको कामना गर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।