बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमजीले भित्र्यायो  साढे ५० लाख पर्ने जीएस र जेडएस कार

एमजीले भित्र्यायो  साढे ५० लाख पर्ने जीएस र जेडएस कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोर्टसले जीएस र जेडएस कार नेपली बजारमा भित्र्याएको छ। नेपाली बजारमा भने पारामाउन्ट मोर्टसले उक्त ब्राण्ड कारको बिक्री वितरण गर्दै आएको छ। 
 
साथै कम्पनीले काठमाडौंको नक्सालमा आफ्नो अत्याआधुनिक शोरुम समेत उद्घाटन गरेको छ। शोरुम र गाडी दुवैको उद्घाटन नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले मंगलबार एक कार्यक्रमबीच गरेका छन्।
 
कार्यक्रममा पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले आफ्नो प्रस्तुति दिएका थिए। ‘एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो । उक्त कम्पनीको आज नेपाली बजारमा प्यारामाउन्ट मोटर्ससँग अधिकारीक वितरकको रुपमा सहकार्य गरिरहेको छ,’ उनले भने ‘कम्पनीले २०१९ को सुरुवातसँगै भारतमा पनि उत्पादन गर्ने तयारीलाई अन्तिम रुप दिदैछ।’ भारतको उत्पादन सुरुवातसँगै दक्षिण एसीयाको बजारमा यसको उपस्थिती अझ बलियो हुने उनको भनाइ छ।
 
कारका विशेषता ?

सेडानको विकल्प हुनसक्ने जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयूभी विश्व बजारमा अतिनै मनपराइएका मोडल हुन्। जसको उपस्थितिले अटोमावाईलको नयाँ युगमा प्रवेश गराउनेछ । यसले उत्कृष्ट इन्जिनियरीङ, स्टाईल, सेफ्टी र आरामदायी विशेषतालाई बढवा दिने कम्पनीको भनाइ छ। 

एमजीले सधै आफ्ना मोडलहरुमा पावर र सेफ्टीलाई मूख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने गर्छ । साथै, सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालीटी र पावरफुल ईन्जिन यसका अन्य विशेषता हुन्। 

एनक्याप अष्ट्रेलियाले यसलाई क्रयास टेष्टमा ५ स्टारको रेटीङ्ग दिएको छ, जुन यस सेगमेन्टका केहि एसयूभीले मात्र पाएका छन्।
 
एमजी जिएस

एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी हो। यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्म रहेको छ। रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुतुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको छ। 

जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ । यो कारले ५ हजार ३ सय आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ। 

यो अल ह्वील ड्राइभ कार हो। यसमा ५५ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ। यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ । यो एसयुभीले कुनैपनि फिचरमा सम्झौंता नगरेको कम्पनीको भनाइ छ। 

उक्त कार विभिन्न मोडलहरुमा ५४ लाख ९० हजारदेखि ७४ लाख ५० हजार रुपैयाँ कम्पनीले तोकेको छ।

एमजी जेडएस

यस कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ। यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ। यसको ह्वीलवेस २५८५ एमएम छ। यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ। कम्पनीले यी गाडीहरु विभिन्न मोडलमा ५० लाख ५० हजारदेखि ५५ लाख ९० हजारसम्म पर्ने कम्पनीले जनाएको छ।

एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको हो। यो कम्पनी अहिले ९७ बर्ष पुरानो भएको छ। यो कार उत्पादनको सुरुवाति समयमा विलियम मोरिसले अटोमोवाईल इन्जीनियर सेसिल किम्बरलाई हायर गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्