मंगलबार, चैत ३, २०८२

'कोरोनाको जोखिम बढ्दैछ, मास्क नछोडौं'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आआफ्नो स्थानमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको जनाएका छन्।

मन्त्रालयले भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग गर्न, स्यानिटाइजरको व्यवस्था गर्न, स्वास्थ्य संस्थाहरूले संक्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न, कोभिड १९ विरुद्धको खोप लगाउन र संक्रमण पुष्टि भए होम आइसोलेसनमा बस्न आग्रह गरेको छ।

यस्तै, अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरूमा निगरानी थप बलियो र प्रभावकारी बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।


प्रकाशित: Jul 22, 2022| 05:28 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्