मंगलबार, चैत ३, २०८२

स्वास्थ्यचौकीमा भेटिएनन् स्वास्थ्यकर्मी, खोलाकिनारमा शिशुलाई जन्म दिन बाध्य

स्वामीकार्तिक खापर गाउँपालका-२ की ३५ वर्षीया कार्तिका विक गर्भवती थिइन्। बिहीबार दिउँसो उनलाई सुत्केरी व्यथा लाग्यो। व्यथा लागेपछि आफन्तले गाउँबाट नजिकैको माझगाउँ स्वास्थ्य इकाई केन्द्र पुर्‍याएका थिए।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

बाजुरा- स्वामीकार्तिक खापर गाउँपालका-२ की ३५ वर्षीया कार्तिका विक गर्भवती थिइन्। बिहीबार दिउँसो उनलाई सुत्केरी व्यथा लाग्यो। व्यथा लागेपछि आफन्तले गाउँबाट नजिकैको माझगाउँ स्वास्थ्य इकाई केन्द्र पुर्‍याएका थिए।

National life

तर अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी भेटिएनन्। यसपछि आफन्तले उनलाई घरमै फर्काउने योजना बनाए। घर फर्कंदा झन् बढी सताउन थाल्यो। 

माझगाउँ स्वास्थ्य इकाईमा स्वाथ्यकर्मी नभएपछि आफन्तले कार्तिकालाई घर फिर्ता ल्याउँदै गर्दा ताहाडा खोला भन्ने ठाउँमा फेरि व्यथाले च्याप्यो। खोलाको किनारमा उनलाई विश्रामका लागि रोकिएको थियो। विश्रामका लागि रोकिएको स्थानमा नै उनले शिशु जन्माइन्। 

सुत्केरी व्यथा लागेर अस्पताला लैजान सहयोग गरेका स्थानीय बलबहादुर विकले सुत्केरी व्यथा लागेको थाहा पाएपछि स्वाथ्य केन्द्रमा लिएर गएपनि कर्मचारी नहुँदा सास्ती पाएको बताए। घर फर्काउने क्रममा बीच बाटोमा नै उनले शिशुलाई जन्म दिइन्। 

वडाध्यक्ष अजय बहादुर विकका अनुसार माझगाउँ इकाई स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको बताए। स्वामीकार्तिक खापर गाउँपालिकाले साउन महिनादेखि करारका कर्मचारीको करार सेवा अवधि थप नगरेपछि माझगाउँ स्वास्थ्य इकाईमा कर्मचारीविहीन भएको उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

भएका कर्मचारी गाउँपालिकाले बिदा गर्ने तर तत्काल अर्का कर्चाचारीको व्यवस्था नगर्दा मानिसले दुख पाएको विकको भनाइ  छ। 

करारमा राखिएका कर्मचारीको अवधि थप पनि नहुने र नयाँलाई खटाउने काम समेत नहुँदा यतिबेला अधिकांश पालिकाअन्तर्गतका सेवा केन्द्रहरुका सेवा प्रभावित भएका छन्। यता संघीय सरकारले भने करारका कर्मचारीलाई नहटाउन पालिकाहरूसँग अनुरोध गरेको छ। 


प्रकाशित: Jul 21, 2022| 21:09 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्