बिहीबार, असार ३२, २०८३

४.१८ अंकले नेप्से घट्दा १७ करोड ९५ लाखको कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से बजार घटेको छ। नेप्से बजारमा आएका अधिकांश समूहरुको परिसूचक रातो हुदा नेप्से बजार घटेको हो।
 
मंगलबार नेप्से परिसूचक ४.१८ अंक घटेर एक हजार १८३.८९ बिन्दुमा पुगेको छ। १६१ कम्पीहरुको ३ हजार २२४ शेयर ५ लाख ७० हजार १७३ पटक खरिद बिक्रीबाट १७ करोड ९५ लाख ५८ हजार ९३० रुपैयाँको कारोबार भएको छ।

सोमबार नेप्से र कारोबार दुवै घटेको थियो। परिसूचक ८.२२ अंक ले घट्दा २२ करोड ६१ लाख ७२  हजार ९३ रुपैयाँ बराबरको शेयर  कारोबारको थियो।
 
मंगलबार ‘क’ वर्ग कम्पनीको मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.८३ प्रतिशत घटेर २४९.९२ बिन्दुमा पुगेको छ।

सबैभन्दा बढी उत्पादनमुलक समूहको परिसूचक २२.८५ अंक घटेको छ। त्यसपछि माइक्रोफाइनान्स समूहको परिसूचक १०.३३, होटल समूहको परिसूचक ८.७६, बैंकिङ समूहको परिसूचक ५.४१ अंक घटेको छ।

त्यबाहेक विकास बैंक समूहको परिसूचक ३.१८, फाइनान्सको २.९४, लाई इन्स्योरेन्स समूहको परिसूचक ०.५१ अंक घटेको छ। नेप्से बजारमा आएका ११ समूहमध्ये व्यापार, हाइड्रो पावर, नन लाईफ इन्स्योरेन्स र अन्य समूहको परिसूचक भने बढेको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्