बिहीबार, असार ३२, २०८३

'प्रदेशसभामै प्रधानमन्त्रीले झुटो बोले'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाली काँग्रेसले प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको आरोप लगाएको छ। प्रधानमन्त्री ओलीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालयसम्बन्धमा दिएको अभिव्यक्ति सतप्रतिशत झुटो रहेको काँग्रेसले दाबी गरेको छ।

नेपाल प्रेस युनियन धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली प्रदेश २ का नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रधानमन्त्रीले झुटा अभिव्यक्ति दिएर जनतालाई बर्गल्याउने काम गरेको आरोप लगाए।

गत शनिबार प्रदेशसभामा सम्बोधन गर्न पुगेका ओलीले सप्तरीको मलेठमा कार्यक्रम सकेर आफूहरु हाइवे पुगि सकेपछि गोली चलेको बताएका थिए। कार्यक्रम सम्पन्न भइसक्दा कसले र किन गोली चलायो आफूहरुले बुझ्न नसकेको उनले बताएका थिए।

‘प्रधानमन्त्री ओलीले मलेठ घटनाप्रति दिएको अभिव्यक्ति पूर्ण रुपमा झुटो छ’ पत्रकार सम्मेलनमा संसदीय दलका नेता यादवले भने,‘घटना भए लगत्तै तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर आफूहरुमाथि मधेशी मोर्चाका कार्यकर्ता जाइलागेपछि प्रहरी बाध्य भएर गोली चलाएको उल्लेख छ।’



घटनाको सम्बन्धमा आफ्नै पार्टीको महासचिवले जारी गरेको विज्ञप्तिभन्दा फरक अभिव्यक्ति दिएर प्रधानमन्त्रीले झुटो बोलेको पुष्टि भएको उनको भनाइ थियो। साथै पार्टी महासचिवले जारी गरेको विज्ञप्तिलाई अंग्रेजीमा उल्था गरी तत्कालीन एमालेका अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय जगतलाई बिफ्रिङ समेत गरेको स्मरण गराउँदै संसदीय दलका नेता यादवले भने,‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका मानिसले झुटा कुरा गर्नु निन्दनीय छ। हामी त्यसको भत्र्सना गर्दछौँ।’

प्रदेशसभामा झुटो अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले नेपाली जनताको शीर तल पारेको उनले उल्लेख गरे। मलेठ घटना बाहेक प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा दिएको अभिव्यक्ति पनि झुटा रहेको यादवले दाबी गरे।

प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिलाई आफ्नै मुलुकमा भइरहेको कामबारे जानकारी नरहेको यादवले आरोप लगाए। प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालय कृत्रिम तरिकाले स्थापना भएको भन्दै प्रदेश २ मा नयाँ विश्वविद्यालय स्थापना गरिने बताएका थिए।

संसदीय दलका नेता यादवले नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको अथक प्रयासबाट विश्विद्यालय स्थापना भएको हुँदा विश्विद्यालय सञ्चालन हुन नदिने ओलीको नियत प्रष्ट भएको आरोप लगाए।

‘विश्वविद्यालय सञ्चालनको लागि अधिकांश कामहरु अघि बढी सकेको छ। गत वर्ष अर्थ मन्त्रालयले पाँच महिनाको लागि ५ करोड र प्रदेश सरकारले १ करोड अनुदान उपलब्ध गराइ सकेको छ,’ यादवले भने,‘तर हाम्रो प्रधानमन्त्री भन्नु हुन्छ विश्वविद्यालयको काम अघि बढ्न सकेको छैन। आफैं कुलपति रहेको विश्वविद्यालयको प्रगतिबारे कि त उहाँलाई जानकारी छैन्। कि त झुटो बोल्नु भएको छ।’

राजर्षि विश्विद्यालयमा १६ वटा प्राविधिक विषय पढाउने अनुमति प्रदान गरिनुका साथै विभिन्न संकायका डिन र प्राचार्यहरु नियुक्त भइसकेका छन्। प्रदेशसभामा प्रधानमन्त्री सम्बोधन गर्ने विश्वको कुनै मुलुकमा नदेखिएको भन्दै यादवले अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरित कार्य रहेको यादवले आरोप लगाए।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादवले प्रदेशसभामा सम्बोधन गरेर प्रधानमन्त्रीले नियन्त्रण गर्न खोजेको आरोप लगाए। न्यायपालिकामाथि प्रहार र नियन्त्र गर्न खोज्नु संघीयता र लोकतन्त्र समाप्त पार्ने सरकारको नियत स्पष्ट भएको उनको भनाइ थियो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।