बिहीबार, वैशाख ३१, २०८३

माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक

आयोगले असार १८ मा सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा प्रदेशगत सार्वजनिक गरेको हो।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

National life

काठमाडौं– शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। आयोगले असार १८ मा सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा प्रदेशगत सार्वजनिक गरेको हो।

सहभागीमध्ये २३ हजार जनाले अध्यापनपत्र पाउन सफल भएका छन्। आयोगका अनुसार ४३९ परीक्षार्थीले सेट अथवा ‘की’ लेख्न नजानेकाले परीक्षा रद्द गरिएको छ।

अध्यापन अनुमतिपत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले बताएको छ। त्यसका लागि केही दिनमै सूचना जारी गरिने आयोगको भनाइ छ। आयोगले अध्यापन अनुमतिपत्रको परीक्षाको नतिजा चित्त नबुझे पुनर्योगको व्यवस्था भने गरेको छैन।

प्रकाशित: Jul 20, 2022| 13:33 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्