बुधबार, फागुन २०, २०८२

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघे दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघे दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन्।

विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ५ पटक श्रीलंकाको प्रधानमन्त्री बनिसकेका छन्। गोटाबाया राजपक्षे श्रीलंकाबाट भागेपछि रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनाइएका थिए।

नवनिर्वाचित राष्ट्रिपति विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा सकिनेछ। गोटाबाया राजपक्षेको बाँकी कार्यकाल विक्रमासिंघेले पूरा गर्नेछन्।

श्रीलंकाली संसद्‍मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी हो। त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी)का ५४ जना सांसद रहेका छन्।

श्रीलंकामा विरोध प्रदर्शन बढ्दै गएपछि गोटावाया राजपाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए। प्रदर्शनकारीहरुले विक्रमासिंघेले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

kumari

विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुधिरहेको छ। जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ। विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित भएको छ। मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति गोटावाया राजपाक्षे र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन्।

प्रकाशित: Jul 20, 2022| 13:13 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।