बिहीबार, वैशाख ३१, २०८३

माविको अध्यापन अनुमतिपत्रमा २३ हजार परीक्षार्थी उत्तीर्ण

शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ।

National life

अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ।

सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन्। आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको जनाएको छ।

अध्यापन अनुमति पत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले जनाएको छ। त्यसका लागि आयोगले केही दिनमा सूचना जारी गर्ने जनाएको छ।

आयोगले अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा चित्त नबुझेमा पुनर्योगको व्यवस्था गरेको छैन।

प्रकाशित: Jul 20, 2022| 12:28 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्