बिहीबार, असार ३२, २०८३

प्रदेश २ ले दियो इदको बिदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ को सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । 

मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड इद-ऊल-जोहा (वकरीद) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यसैगरी मन्त्रिपरिषदको बैठकेले तीनवटा विधेयक पारित गरेको छ भने १५ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषदले मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, कानून निर्माण प्रक्रियासम्बन्धी विधेयक र प्रदेशसभा सचिव नियुक्तिसम्बन्धी विधेयक पारित गरेको हो ।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्बन्धी पाँच, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसम्बन्धी नौ र आन्तरिक मामिला तथा कानूनमन्त्रालय सम्बन्धी एक विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।