मंगलबार, चैत ३, २०८२

नवलपरासी मध्यविन्दु नगरपालिकाद्वारा पाँच सामुदायिक विद्यालयलाई बस प्रदान

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ। 

National life

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो। सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रतिबस १८ लाख अनुदान दिएको छ। विद्यालयको लागत पाँच लाख मात्र रहेको छ। 

नगरपालिकाले मध्यविन्दु-३ को जनता मावि, मध्यविन्दु-११ को वीरेन्द्र मावि, मध्यविन्दु-१२ को यादव मावि, मध्यविन्दु-१३ को सरस्वती मावि र मध्यविन्दु-१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो। 

नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगरप्रमुख भीमलाल अधिकारीले बताए। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 20, 2022| 08:10 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्