बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशमा बिदा विवाद : सरकारले दिने, प्रशासनले नमान्ने

प्रदेशमा बिदा विवाद : सरकारले दिने, प्रशासनले नमान्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः प्रदेश १ को मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भदौ ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिएको छ । बिदा बारेमा मन्त्रिपरिषदको बैठकले निर्णय गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए । सुवेदीका अनुसार मन्त्रिपरिषदको निर्णय सबै प्रदेशमा रहेका सरकारी तथा निजी कार्यालयहरुलाई जानकारी गराइने छ । 

एकै महिनामा तीन सार्वजनिक बिदा

भदौ ६ गते मुस्लिम धर्मवलाम्बीहरुको पवित्र पर्व बकर इदको बिदा दिएको प्रदेश सरकारका भदौमा यो सहित तीन बिदा परेका छन । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदा सम्बन्धमा गत श्रावण २१ गते लेखेको पत्रका अनुसार भदौ १० र भदौ १८ गते पनि प्रदेशमा बिदा दिइएको छ । भदौ  १० गते ऋषितर्पिणि, रक्षाबन्धन, जनै पुर्णिमाको अवसरमा बिदा दिएको छ । यस्तै, भदौ १८ गते प्रदेश सरकारले राधाकृष्ण रथयात्राको लागी भन्दै मोरङ र सुनसरीमा बिदा दिने निणर्य गरेको छ । 

पत्र नआई जिल्ला प्रशासनले बिदा नदिने

प्रदेश १ सरकारले साउन २४ गते विश्व आदिवाशि दिवशको अवसरमा पहिलो प्रदेश बिदा दिएको थियो । बिदाको पालना उच्च अदालत, जिल्ला अदालतदेखि जिल्ला प्रशासन कार्यालय हुँदै बैंक तथा वित्तिय संस्थाहरुले कार्यान्वयन गरेनन् । 

अख्तियार, कृषि, पशु जस्ता सबै क्षेत्रीय कार्यालयहरुले पनि प्रदेश सरकारले निर्णय गरेको पहिलो बिदा मानेनन् । 

बिदा नमान्ने सरकारी कार्यालयले आफूहरुलाइ संघीय सरकारले जानकारी नगरेकाले नमानेको बताएका थिए। इदको बिदामा पनि प्रदेश सरकारले बिदाको आधिकारितासहितको पत्र जिल्ला प्रशासनमा नआएसम्म मातहतका निकाय बिदा नहुने जनाएको छ । 

निजी तथा सरकारी बैंक तथा वित्तिय संस्थाहरुले भने नेपाल राष्ट्र बैंक र आफ्नो केन्द्रिय कार्यालयबाट बिदा बारेमा कुनै सूचना नआएकाले बिदाको विषयमा निर्णय नलिएको बताएका छन् । 

सरकारी तथा निजी विद्यालय र स्थानीय तहले मात्रै अघिल्लो प्रदेश बिदा मानेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।