सोमबार, जेठ ४, २०८३

विराटनगरबाट एक वर्षीया बालिकाको अपहरण

विराटनगरबाट एक वर्षीया बालिका अपहरणमा परेकी छन्। विराटनगर–१३ की दीपेन्द्र यादवकी छोरी निकिसा सोमबार बिहान ८ बजे अपहरणमा परेको प्रहरीले बताएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

National life

विराटनगर- विराटनगरबाट एक वर्षीया बालिका अपहरणमा परेकी छन्। विराटनगर–१३ की दीपेन्द्र यादवकी छोरी निकिसा सोमबार बिहान ८ बजे अपहरणमा परेको प्रहरीले बताएको छ। 

चिनजानका व्यक्तिबाटै बालिका अपहरणमा परेको बताइएको छ। बाबुसँगै विराटनगर रोडशेष चोक नजिकै रहेको चिया पसल गएकी बालिकालाई चिनजानकै महिलाले फकाएर आफूसँगै लिएर फरार भएको प्रहरीको भनाइ छ। 

मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले बालिकाको उद्धारको नजिक पुगेको जानकारी दिएका छन्। बालिका लिएर बेपत्ता भएकी महिला मोरङ, सुनसरीमै रहेको उनले बताए। बच्चा अपहरणको कारण खुल्न नसकेको एसपी कोइरालाले बताए।

प्रकाशित: Jul 19, 2022| 19:44 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।