आइतबार, असोज २५, २०८३

ट्रेलरमा यस्तो देखियो 'प्रकाश'

प्रदीप खड्का मुख्य कलाकार रहेको चलचित्र ‘प्रकाश’को टे«लर रिलिज भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बुधबार ट्रेलर सार्वजनिक भएको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– प्रदीप खड्का मुख्य कलाकार रहेको चलचित्र ‘प्रकाश’को टे«लर रिलिज भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बुधबार ट्रेलर सार्वजनिक भएको हो।

आगामी भदौ १० गतेदेखि देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘प्रकाश’मा सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी एक महिला चरित्र, बेपत्ता पुरुषको छोराले सरकारी शिक्षक बन्न गरेको संघर्षको कथा छ। आमाछोराको भूमिकामा प्रदीप खड्का र दिया मास्के छन्।

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दिनेश राउतले यो फिल्म जुम्लाको मात्र नभएर समग्र नेपालकै यथार्थ भएको बताए। अभिनेता खड्काले फिल्म प्रकाशलाई आफ्नो कलाकारिताको पुनर्जन्म भएको रुपमा उल्लेख गरे। अभिनेत्री मास्केले ‘प्रकाश’ आफ्नो करिअरकै सबैभन्दा कठिन प्रोजेक्ट रहेको बताइन्।

यसै फिल्मबाट रंगकर्मी रेणु योगीले डेब्यु गरेकी छिन्। फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। २ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा प्रस्तुत छ। 

प्रकाशित: Jul 19, 2022| 17:55 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।