बुधबार, चैत १५, २०७९

ट्रेलरमा यस्तो देखियो 'प्रकाश'

प्रदीप खड्का मुख्य कलाकार रहेको चलचित्र ‘प्रकाश’को टे«लर रिलिज भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बुधबार ट्रेलर सार्वजनिक भएको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– प्रदीप खड्का मुख्य कलाकार रहेको चलचित्र ‘प्रकाश’को टे«लर रिलिज भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बुधबार ट्रेलर सार्वजनिक भएको हो।

National life insurance

आगामी भदौ १० गतेदेखि देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘प्रकाश’मा सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी एक महिला चरित्र, बेपत्ता पुरुषको छोराले सरकारी शिक्षक बन्न गरेको संघर्षको कथा छ। आमाछोराको भूमिकामा प्रदीप खड्का र दिया मास्के छन्।

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दिनेश राउतले यो फिल्म जुम्लाको मात्र नभएर समग्र नेपालकै यथार्थ भएको बताए। अभिनेता खड्काले फिल्म प्रकाशलाई आफ्नो कलाकारिताको पुनर्जन्म भएको रुपमा उल्लेख गरे। अभिनेत्री मास्केले ‘प्रकाश’ आफ्नो करिअरकै सबैभन्दा कठिन प्रोजेक्ट रहेको बताइन्।

यसै फिल्मबाट रंगकर्मी रेणु योगीले डेब्यु गरेकी छिन्। फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। २ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा प्रस्तुत छ। 

प्रकाशित: Jul 19, 2022| 05:55. 00 मंगलबार, साउन ३, २०७९

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।