मंगलबार, चैत ३, २०८२

मंगलबार थपिए ३५७ कोरोना संक्रमित

३ हजार ३२८ को परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। मन्त्रालयका अनुसार ३ हजार ३२८ को परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मंगलबार थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ। पछिल्लो २४ घन्टामा ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

हाल १ हजार ८६५ जना होम आइसोलेसनमा छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ।

प्रकाशित: Jul 19, 2022| 15:41 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्