सोमबार, जेठ ४, २०८३

सुर्खेतमा लागूऔषधका घटना बढ्दै

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागूऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा संलग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

सुर्खेत- पछिल्लो समय सुर्खेतमा लागूऔषधका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागूऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा संलग्न २९२ प्रतिवादी पक्राउ परेका छन्।

National life

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागूऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा संलग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए।

आव २०७७/०७८ मा सोही प्रकारका ४९ मुद्दा दर्ता भएकामा कारोबारमा संलग्न आठ महिलासहित ६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। आव २०७८/०७९ मा ७९ वटा मुद्दा दर्ता भएकामा त्यसमा संलग्न नौ महिलासहित १२३ पक्राउ परेका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीको सक्रियताका साथै  सचेतना अभिवृद्धि गराइएका कारण धेरै मुद्दा दर्ता भएको जानकारी दिए।

‘पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ’, उनले भने, ‘सबैतिर सचेत गराउँदै आइएको भएर पनि होला लागूऔषधको विषयमा हामीलाई सूचना आउने गर्दछ त्यसकारण सूचनाको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सहज भएको छ।’ प्रहरीको तथ्यांक अनुसार आव २०७६/७७ मा  ९८ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, चार किलोग्राम ३२८ चरेस, ३३२ ग्राम ७३० मिलीग्राम गाजा बरामद गरिएको थियो। ७७/७८ मा ९२ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो 

यस्तै ७८/७९ मा १८७ ग्राम ९४० मिलीग्राम ब्राउन सुगर, सात ग्राम १४० मिलिग्राम ह्वाइट सुगर, २५२ ग्राम ९३० मिलिग्राम गाजाका साथै  नाइट्रोभेट, ट्रामोल, कोरेक्सलगायत ट्याब्लेट पनि बरामद गरिएको जनाएको छ।   -रासस

प्रकाशित: Jul 19, 2022| 13:50 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।