सोमबार, जेठ ४, २०८३

मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो

मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको मौसमविद्हरुले बताएका छन्। उनीहरुले केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको मौसमविद्हरुले बताएका छन्। उनीहरुले केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्।

National life

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्यधिक गर्मी हुनु स्वाभाविक रहेको बताइन्।

मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ। उनले मनसुन न्यून चापिय रेखा एक–दुई दिनभित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताइन्। उनले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने जानकारी दिइन्। हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्हरुले बताएका छन्।

हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको पोखरेलले बताइन्। उनले एक–दुई दिनभित्रमै मनसुन ट्रफ विस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताइन्। मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन्।

त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन्। उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह पनि गरिन्।


प्रकाशित: Jul 19, 2022| 13:41 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।