शनिबार, वैशाख १२, २०८३

मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु

गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

क्वालालम्पुर- मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या थप बढेको छ। गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ।

National life

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता संक्रमण थपिएको जनाएको छ। साथै सो संक्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ। यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता संक्रमितहरुको संख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन्।

यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन भनेका छन्।   -सिन्ह्वा

प्रकाशित: Jul 19, 2022| 13:32 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।