बिहीबार, असार ३२, २०८३

ट्रकले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- सोमबार राति भएको सवारी दुर्घटनामा दुर्इ जनाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका थिए । मृतकको सनाखत हुन सकेको छैन । 

यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक मंगलबार बिहान त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो । 

घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।