सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश-वकिल २ करोड अफर प्रकरण : वकिल पोखरेललाई परिषद्ले माग्यो सातदिने स्पष्टीकरण

न्यायाधीश-वकिल २ करोड अफर प्रकरण : वकिल पोखरेललाई परिषद्ले माग्यो सातदिने स्पष्टीकरण

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई सात दिनभित्र जवाफ पेस गर्न परिषद्ले सार्वजनिक सूचना जारी गरेको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले सातदिने स्पष्टीकरण सोधेको छ। पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड रुपैयाँको अफरसहित सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउन बार्गेनिङ गरेका थिए।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको वार्ताको अडियो सार्वजनिक भएसँगै परिषद्ले छानबिन अगाडि बढाएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई सात दिनभित्र जवाफ पेस गर्न परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गरेको हो। 

‘तपाईं र कानुन व्यवसायीबीच फोन वार्ताको सन्दर्भमा परेको उजुरीबाट तपाईंले कानुन व्यवसायीको आचारसंहिता, २०५१ को विपरीत कार्य गर्नुभएकाले कारबाहीका लागि प्रतिवेदन उजुरी प्राप्त भएकामा सो सम्बन्धमा तपाईंमाथि कारबाही हुनुनपर्ने हो-होइन? अनुशासन समिति नियमावली, २०५८ को नियम ६ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’

सूचनामा भनिएको छ, ‘आजका मितिले सात दिनभित्र जवाफ पेस गर्नुहोला। अन्यथा कानुनबमोजिम भई जाने बेहोरा सूचित गरिन्छ।’

जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद महिना दिनअघि न्यूज–२४ टेलिभिजनमा प्रसारण भएको थियो।

झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि–फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छाड्ने आदेश दिन भनेका छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन्।

सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत भएको अडिओ संवादबाट खुलेको थियो।

सर्वसाधारणको ८ अर्ब रुपैयाँ ठगी आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ मा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुना पठाउन आदेश दिएको थियो।

प्रकाशित: Jul 19, 2022| 12:14 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।