काठमाडौं- ‘किरात एकेडेमी पुरस्कार’ कवि तथा लेखक विप्लव ढकालको कृति ‘भोजपुरको वाङ्मय’ र राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
किरात एकेडेमीद्वारा प्रदान गरिने यो पुरस्कारका लागि यसअघि सात वटा कृतिको सूची सार्वजनिक गरिएको थियो। जसमध्ये एकेडेमीले दुई कृतिलाई छनोट गरेको हो। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
किरात एकेडेमी पुरस्कार तेस्रो पटक प्रदान गरिएको हो।
यसअघि लेखक युग पाठकको ‘उर्घेनको घोडा’ र दोस्रो पटक झलक सुवेदीको अनुसन्धानमूलक कृति ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ले प्राप्त गरेको थियो।