काभ्रे- काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक सिन्धुलीको मझुवा गाँउपालिका–५ का १९ वर्षीय मिलन मग्राती रहेका छन्। उनको धुलिखेल अस्पतामा उपचारको क्रममा ज्यान गएको हो।
काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल गएराति साढे २ बजे डिभाडरमा ठोकिएर पल्टिएको थियो।
घाइते भएका मोटरसाइकल पछाडी सवार मृतकका २१ वर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।