सोमबार, जेठ ४, २०८३

बसको ठक्करबाट कैलालीमा साइकल यात्रीको मृत्यु

कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

धनगढी- कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ। 

National life

सोमबार कैलालीको गौरीगंगा नगरपालिका-१ चौमालामा बसको ठक्करबाट घाइते भएका साइकल यात्री खडक थापाको आज बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले ठक्कर दिइ घाइते भएका थापाको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठले चलाएको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो।

बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 19, 2022| 10:18 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।