मंगलबार, चैत ३, २०८२

पहिलोपटक बैतडी जिल्ला अस्पतालमा नौ चिकित्सक

दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

बैतडी- पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सक उपलब्ध भएका छन्। दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्।

National life

पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। उनीहरु छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ।

अस्पताल स्थापना भएको २०३३ देखि पहिलोपटक दुई विशेषज्ञसहित नौ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन्। जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताए। अस्पतालमा अहिले एक एमडिजिपी चिकित्सक छन् भने अस्पताल प्रमुख डा दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन्।

अस्पतालमा गर्भवतीको शल्यक्रिया गरेर प्रसूति गराउने व्यवस्था रहिआएको छ भने अन्य शल्यक्रिया सेवा पनि थप गरिने अस्पताल प्रमुख डा श्रेष्ठले जानकारी दिए। अहिले सामान्य अवस्थाका बिरामीले धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ।

यसबीच जिल्ला अस्पतालमा थाइराइड जाँच सेवा पुनः सुरुआत भएको छ। मेसिन बिग्रेर बन्द रहेको थाइराइड जाँच सेवा मेसिन मर्मतपछि सेवा सञ्चालन भएको अस्पतालले जनाएको छ। थाइराइड जाँचका लागि ३०० देखि ७०० सम्म खर्च हुने बताइएको छ।

Laxmi sunrise bank
kumari

शरीरमा थाइराइड कम भएमा तौल बढ्ने, थकाइ लाग्ने, जाडो हुने, महिलाको महिनावारी अनियमित हुनेलगायतका लक्षण देखापर्ने चिकित्सकले जनाएका छन्।


प्रकाशित: Jul 19, 2022| 09:56 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्