बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा: कार्यदललार्इ प्रतिवेदन बुझाउने म्याद फेरि थपियो

नेकपा: कार्यदललार्इ प्रतिवेदन बुझाउने म्याद फेरि थपियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रुपमा भदौ ७ गतेको सीमा तोकेको हो। यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा आज अन्तिम समयसीमा तोकिएको हो। 

नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ। प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेका लागि निर्धारण गरिएको छ। 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन आएका अन्य प्रदेशमा समितिको सङ्ख्या टुङ्गिए पनि नेतृत्वका लागि सहमति भई नसकेका हकमा विवाद मिलाएर वा मिल्न बाँकी भनी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बताए। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा घोषणा भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।