सोमबार, जेठ ४, २०८३

बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु

बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत संकलन थालिएको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

बुटवल- बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन सुरुआत गरेको छ। बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत संकलन थालिएको हो।

National life

लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। 

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले जानकारी दिए। 

जग्गाको लगत संकलनका लागि नगरले स्थानीयवासीसँग छलफल पनि थालेको छ। सोमबार बुटवल–१२ का बासिन्दाबीच छलफल गरिएको छ। कार्यक्रममा  राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्यांकका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए। 

बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्यांक संकलनअनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए।    -रासस


प्रकाशित: Jul 19, 2022| 08:47 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।