काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ८ गते बस्ने भएको छ।
भदौ ११ गते हुने स्थानीय जनप्रतिनिधिहरुको भेलाका लागि एजेण्डा तय गर्न कांग्रेसले ८ गते ११ बजेका लागि बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
बैठमा मूल्यवृद्धि, कर वृद्धि तथा सरकारका गतिविधिहरुका विषयमा पनि छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाल समयलार्इ बताए।
शुक्रबार विहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने भएकोले सबै केन्द्रीय सदस्यलार्इ उपस्थितिका लागि आव्हान गरेका हुन्।
लामो समयदेखि अल्झिएको विधान मस्यौदा समिति मंगलबार गठन हुने भएको छ। समितिमा पौडेल पक्षबाट डा मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, नविन्द्रराज जोशी र प्रदिप पौडेल रहने छन्। संस्थापन पक्षबाट चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, रमेश लेखक र एकजना तोक्न बाँकी रहेको स्रोतले जनाएको छ।
यसमा जनजातीबाट प्रतिनिधित्व गराउन २ सदस्य थप गर्ने योजना रहेको छ। विधान समितिलार्इ पूर्णता पाउनेबारे सोमबार छलफल भएको थियो। विधान मस्यौदा समितिको संयोजकमा महामन्त्री पूर्णबहादुर खड्का छन्।
विधान मस्यौदा समितिले गुटबन्दी र भागबन्डाको विवादले मस्यौदा समितिले पूर्णता पाउन सकेको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४