बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंका : इस्टर आक्रमणको अनुसन्धानका लागि सहयोग गर्न बेलायतसँग आग्रह

श्रीलंका : इस्टर आक्रमणको अनुसन्धानका लागि सहयोग गर्न बेलायतसँग आग्रह

‘इस्टर सन्डे’को आक्रमणबारे अनुसन्धानमा सघाउन श्रीलङ्काले बेलायतको सहयोग मागेको छ। ‘इस्टर सन्डे’को आक्रमणबारे थप अनुसन्धानका लागि श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिल विक्रेमेसिङ्घेले आफूले बेलायत सरकार र उनीहरूका गुप्तचर सेवाहरूको सहायताको लागि अनुरोध गरिरहेको सोमबार बताए।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

कोलम्बो- ‘इस्टर सन्डे’को आक्रमणबारे अनुसन्धानमा सघाउन श्रीलङ्काले बेलायतको सहयोग मागेको छ। ‘इस्टर सन्डे’को आक्रमणबारे थप अनुसन्धानका लागि श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिल विक्रेमेसिङ्घेले आफूले बेलायत सरकार र उनीहरूका गुप्तचर सेवाहरूको सहायताको लागि अनुरोध गरिरहेको सोमबार बताए।

प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घेले ‘इस्टर सन्डे’ आक्रमणको अनुसन्धानका लागि बेलायतको सहयोग माग्नुले घटनाबारे यस पहिले सरकारले उचित अनुसन्धान नगरेको यस मुद्दाको पूर्ण समाधान भएको छैन भन्ने संकेत गरेको छ। 

‘इस्टर सन्डे’को आक्रमणबारे छानविनका लागि गरिएको अनुरोधबारे कार्यबहाक राष्ट्रपतिको कार्यालयलाई उद्धृत गरी डेली मिररले समाचार छापेको छ। क्रिश्चियन धर्मावलम्बीहरूको पर्ब ‘इस्टर सन्डे’ का दिन सन् २०१९ को अप्रिल २१ मा श्रीलंकाका तीनवटा चर्च र राजधानी कोलम्बोका तीन विलासी होटलहरूलाई एकपछि अर्को आतंकवादी आत्मघाती बम विस्फोटनको निशाना बनाइएको थियो। 

उक्त आक्रमणमा २५० भन्दा बढी मानिसहरू मारिएका र थुप्रै घाइते भएका थिए। ‘नेशनल थोहीथ जामाथ’ नामधारी स्थानीय आतंककारी समूहले विनाशकारी उक्त आक्रमणहरूको लागि जिम्मेवार भएको दाबी गरेको थियो।

प्रकाशित: Jul 19, 2022| 04:30 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।