बुधबार, फागुन २०, २०८२

भारतमा भेटिए ‘मंकिपक्स’ का दोस्रो संक्रमित

दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

नयाँ दिल्ली- दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन्। 

केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईभी) मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको हो। केरला सरकारले यो रोग विरुद्धको रोकथामका उपायलाई तिव्रता दिएको छ। 

कन्‍नूरका स्थायी वासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ। “उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए। अधिकारीले भने, 'मंकीपक्स’ सङ्क्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा नरहेका बताइएको छ। प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन भनिएको छ साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेका छन्।' 

मुलुककै पहिलो ‘मंकिपक्स’को बिरामी केरालामा नै पत्ता लागेको थियो। तर ती संक्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए र जुलाई १२ मा उनी केरला आइपुगेका थिए। 

भारतमा ‘मंकिपक्स’को पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले ‘मङ्कीपक्स’लाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो।

kumari

प्रकाशित: Jul 18, 2022| 23:45 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।