बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पश्‍चिमी प्रतिबन्धले हुने प्रविधिको जटीलता समाधान खोज्‍ने रूसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

पश्‍चिमी प्रतिबन्धले हुने प्रविधिको जटीलता समाधान खोज्‍ने रूसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूस–यूक्रेन युद्धलाई लिएर पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धको प्रारम्भका कारण देशले सामना गरिरहेको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गर्ने बताएका छन्।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूस–यूक्रेन युद्धलाई लिएर पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धको प्रारम्भका कारण देशले सामना गरिरहेको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गर्ने बताएका छन्। 

रूसी प्रशासन केन्द्र, क्रेमलिन प्रमुखले देशको विकासलाई निषेध गर्न पश्चिमले उच्च प्रविधिका उत्पादनबाट रूसलाई कटौती गर्न प्रतिबन्ध लगाएको बताए। उनले एउटा सभामा सम्बोधन गर्दै भने,  'यो हाम्रो देशको लागि ठूलो चुनौती हो।'

'हामीले सामना गरिरहेका समस्याहरूको समग्र परिमाणलाई बुझेर हामीले सक्रियरूपमा नयाँ समाधान खोज्नेछौं,'उनले भने, 'रूसले घरेलु कम्पनीहरूको नयाँ आविस्कारका प्रविधि र उत्पादनहरूलाई प्रतिबन्धको सामना गर्ने उपकरणका रूपमा पनि प्रयोग गर्नेछ।'

प्रतिबन्धको कारण अनलाइन रिटेलर ओजोन वा टेक्नोलोजी कम्पनी यान्डेक्सजस्ता धेरै द्रूत गतिमा बढ्दै गइरहेका रूसी कम्पनीहरूलाई पश्चिमी वित्त व्यवस्थापनबाट हटाइएको उनले बताए। त्यस्ता कम्पनीले घरमै आवश्यक वित्तीकरणलाई आकर्षित गर्न र आफ्नो विकासलाई निरन्तरता दिन सकियोस् भनेर रूसले छिट्टै विकल्पहरू सोच्नुपर्नेमा उनले जोड दिए।

'म वित्त मन्त्रालय र बैंक अफ रसिया दुवैका विस्तृत प्रस्तावहरूको प्रतीक्षामा छु,' पुटिनले थपे।

kumari

फेब्रुअरी २४ मा पुटिनले युक्रेनमा फौज पठाएपछि एप्पल, माइक्रोसफ्ट र इन्टेललगायत धेरै प्रमुख प्राविधिक कम्पनीहरूले रूसमा आफ्नो सेवा निलम्बन गरेका छन्। कतिपयले पूरै देशबाट बाहिरिएको घोषणा गरिसकेका छन्। 

प्रकाशित: Jul 19, 2022| 05:31 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।