बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वडा अध्यक्षले कार्यकारी अधिकृत साधुशरणलार्इ कार्यलयमै थुने 

वडा अध्यक्षले कार्यकारी अधिकृत साधुशरणलार्इ कार्यलयमै थुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धनुषाको हँसपुर नगरपालिकाका एकजना वडा अध्यक्षले निमित्त कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेका छन्। नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष उदय साहले निमित्त कार्यकारी अधिकृत साधुशरण यादवलाई कार्यालयमा थुनेका हुन्।

निमित्त कार्यकारी अधिकृतले दोस्रो नगरपरिषदको निर्णयहरु उपलब्ध गराउन नमानेपछि वडा अध्यक्ष साहसहित त्यहाँका स्थानीयहरुलाई सोमबार कार्यालय भित्रै थुनेर राखेका छन्। नगरपरिषदमा भएको निर्णयहरुको छायाँकपी उपलब्ध गराउन माग गरेको तर यादवले उपलब्ध गराउन अस्वीकार गरेपछि वडा अध्यक्ष तथा स्थानीयहरुले सोमबार अबेर रातिसम्म थुनेर राखेको उपमेयर रेणु झाले जानकारी दिइन्।

हँसपुर नगरपालिकामा १० अषाढमा दोस्रो नगर परिषद सम्पन्न भएको थियो। वडा अध्यक्ष साहले १ साउनमा सूचनाको हक प्रयोग गर्दै परिषदको निर्णयहरु उपलब्ध गराउन माग गरेका थिए। तर, मेयर रामज्ञान मण्डलले तोक लगाउन नमानेपछि उपमेयर झाले निवेदनमा तोक लगाइदिएकी थिइन्।

उपमेयरले सूचना उपलब्ध गराइदिन निवेदनमा तोक लगाइदिएपनि निमित्त कार्यकारी अधिकृतले उपलब्ध गराउन नमानेपछि वडा अध्यक्ष साहसहित त्यहाँका स्थानीयहरुले सोमबार दिनभर कार्यालय घेराउ गरी निमित्त कार्यकारी प्रमुख यादवलाई कार्यालय भित्रै थुनेका छन्। यादवले परिषदको माइन्यूट तथा निर्णयहरु कार्यालयमा नरहेको जनाएपछि स्थानीयहरु थप आक्रोशित बनेको उपमेयर झाको भनाइ छ।

अवस्था तनावग्रस्त भएपछि सदरमुकाम जनकपुरबाट साँझ सुरक्षाकर्मीको थप टोली त्यहाँ पुगेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।