शुक्रबार, मंसिर १९, २०८२

सृष्टि र प्रियंका फिचर्ड 'राधा'को पहिलो गीत रिलिज

नजिकिँदै गरेको तीजको छेको पारेर सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को पहिलो गीत ‘पाउमा पाउजु छैन बरिलै’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– नजिकिँदै गरेको तीजको छेको पारेर सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को पहिलो गीत ‘पाउमा पाउजु छैन बरिलै’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो। 

National life

यो स्पेसल तीजको गीत भए पनि राधाकै मूल कथासँग जोडिएको बताउँदै निर्देशक थापाले भने, ‘चलचित्र नारीप्रधान भएकोले गर्दा पनि तीज गीत समावेश गरिएको हो। यो गीतकै कारण पनि एकसाथ स–परिवार राधालाई हेर्न सकिन्छ।’

गीतमा सृष्टि श्रेष्ठ र प्रियंका कार्की फिचर्ड छन्। प्रियंकाले आफूले छोरी जन्माएपछिको पहिलो काम भन्दै राधाको टिमलाई धन्यवाद दिइन्। सृष्टिले आफूलाई नाच्न नआउँदा नआउँदै पनि प्रियंकाको सहयोगले नाच्न सकेको सुनाइन्।

सिर्जना खत्रीको शब्दलाई गीतलाई संगीतकार कालीप्रसाद बाँस्कोटाले कम्पोज गरेका हुन्। सज्जा चौलागाईं र स्वस्तिमा ढकालको स्वर छ गीतमा। गत सातामात्रै पशुपति वृद्धाश्रममा छायांकन गरिएको यो गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका थिए। 

आगामी भदौ १० गतेदेखि देशव्यापी प्रदर्शन हुन लागेको राधा चलचित्रमा सृष्टि श्रेष्ठ, प्रियंका कार्की, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, राजन खतिवडा, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, निश्चल बस्नेत, लोकेन्द्र लेखक लगायतले अभिनय गरेका छन्।

Laxmi sunrise bank
kumari

लामो समयदेखि घर नफर्किएको बेपत्ता श्रीमान् खोज्न हिँडेकी एक साहसी महिलाको कथा देखाउन खोजिएको छ राधामा। लेखन तथा निर्देशक थापाको रहेको राधालाई सौगात मल्लले निर्माणमा सहयोग गरेका छन्। 

प्रकाशित: Jul 18, 2022| 18:30 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।