सोमबार, वैशाख २४, २०८१

सेवा आयोगमा तगारो लगाएर त्रिविमा आंशिक शिक्षक छिराउने खेलो

त्रिवि सेवा आयोगले खुला परीक्षा सञ्चालन गर्नुको सट्टा आंशिकमा छिराइएका शिक्षकलाई नै करारमा राखेर अध्यापनमा खटाउन लागेको हो। आयोगले खोलेको पदपूर्तिअनुसार नियमित हुनुपर्ने परीक्षा हुन नदिने र आंशिक शिक्षकलाई भर्ती गर्ने ध्याउन्नमा त्रिवि पदाधिकारी लागेका छन्।
 |  सोमबार, साउन २, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, साउन २, २०७९

काठमाडौं- असार २८ मा त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागले एउटा सूचना जारी गर्‍यो। सूचनामा विश्वविद्यालयका क्याम्पस तथा केन्द्रीय विभागमा लामो समयदेखि कार्यरत आंशिक शिक्षकलाई शिक्षण सहायकसरहको पारिश्रमिक पाउने गरी अध्यापन कार्यमा संलग्न गराउने विषय उल्लेख छ। 

triton college

‘त्रिवि कार्यकारी परिषद्को २०७८ फागुन २० गतेको बैठकको निर्णय नं. १२९३ अनुरूप भूगर्भशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत आंशिक शिक्षकलाई व्यवस्थित गर्न यस विभागमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका र तोकिएको पूर्ण कक्षाभार (वार्षिक ९ क्रेडिट) लिइरहेका आंशिक शिक्षकबाट आवेदन आह्वान गरिन्छ,’ भूगर्भशास्त्र केन्द्रीय विभागको सूचनामा उल्लेख छ। 


आवेदन दिन चाहनेलाई साउन ३ गतेसम्मको समयसीमा तोकिएको छ। यसरी त्रिवि सेवा आयोगले खुला परीक्षा सञ्चालन गर्नुको सट्टा आंशिकमा छिराइएका शिक्षकलाई नै करारमा राखेर अध्यापन कार्यमा खटाइन लागेको हो। अन्य क्याम्पस र विभागहरूले पनि यसरी नै सूचना निकालेर भएका आशिंकलाई करारमा तान्ने र त्यो पनि अपुग भए नयाँ आशिंक शिक्षक भित्र्याउने खेल गरिरहेको देखिन्छ।

corrent noodles
Metro Mart

विभिन्न क्याम्पस र विभागले २०७८ फागुन २० मा त्रिवि कार्यकारी परिषद्ले गरेको निर्णयलाई आधार बनाएर सूचना जारी गरेका हुन्। यस्तो निर्णयमा हाल भएका आंशिक शिक्षकलाई करार बनाउनेदेखि अनेक बहानामा थप नयाँ आंशिक शिक्षकहरू त्रिविमा छिराउने बाटोसम्म खुलाइएको देखिन्छ।

जस्तो, त्रिविमा कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरूलाई क्याम्पसको आवश्यकता ज्येष्ठता र तोकिएको पूर्ण कक्षाभार लिएको आधारमा त्रिवि केन्द्रीय कार्यलयको स्वीकृतिमा क्याम्पसको आन्तरिक स्रोतबाट खर्च बेहोर्ने गरी शिक्षण सहायकले पाएसरहको पारिश्रमिक पाउने गरी अध्यापन कार्यमा संलग्न गराउने निर्णय त्रिवि कार्यकारीले गरेको छ।

'‘पूर्ण कक्षाभार नपुग्ने अवस्थामा भने अतिरिक्त कक्षा सञ्चालन निर्देशिका, २०७७' अनुसार कोर्स सम्झौता गरेर अध्यापन कार्यमा संलग्न गराउन सकिनेछ,’ त्रिवि कार्यकारी परिषद्को निर्णयमा भनिएको छ।

निर्णयअनुसार एकातर्फ यस्ता शिक्षक छनोट गर्दा त्रिभुवन विश्वविद्यालय बाहेकका अन्य सरकारी सामुदायिक, गैरसरकारी, निजी संघ–संस्था वा निकायहरूमा पूर्णकालीन सेवामा कार्यरत रहेकालाई समावेश नगर्ने भनिएको छ भने अर्कोतर्फ आवश्यकता परे आंशिक शिक्षक पनि छिराइने भनिएको छ। 

जस्तो, यदि क्याम्पसहरूमा शिक्षक अभाव अवस्था एवं विषय दक्षताका आधारमा यस्ता व्यक्तिलाई अध्यापन कार्यमा संलग्न गराउनुपर्ने भए कोर्स सम्झौता गरेर वा प्रतिघण्टीका दरले भुक्तानी गर्ने गरी आंशिक शिक्षकको हैसियतमा अध्यापन कार्यमा संलग्न गराउने निर्णय पनि सो बैठकले गरेको छ। यसरी त्रिविमा पहिलाको जस्तै पुनः आंशिक शिक्षक छिराउने र भएकालाई करारसम्म बनाउने चलखेल चलिरहेको देखिन्छ। आंशिक शिक्षकका रूपमा त्रिविमा प्रवेश गर्नेहरू अधिकांश दलका कार्यकर्ता हुने गरेका छन्। 

नाम मात्रैको सेवा आयोग
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लामो समयदेखि प्राध्यापकहरूका लागि खुला परीक्षा सञ्चालन गर्न सकेको छैन। सेवा आयोगले लिने गरेको प्राध्यापक/उपप्राध्यापकको परीक्षा पटक–पटक सर्दै आएको छ। परीक्षाको मिति तोकिने र परीक्षा नजिकिएपछि विभिन्न बहानामा स्थगित हुँदै आएको छ। यसरी नियमित हुनुपर्ने परीक्षा हुन नदिने र आशिंक शिक्षकलाई भर्ती गर्ने त्रिविको पुरानै रोग हो। पछिल्लो समय पनि यस्ता गतिविधिलाई निरन्तरता दिने दाउमा त्रिवि देखिन्छ। 

प्रकाशित: Jul 18, 2022| 19:31 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्