मंगलबार, चैत ३, २०८२

ह्वात्तै बढ्यो कोरोना, १० प्रतिशत पुग्यो संक्रमणदर

पछिल्लो समय नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा कुल परीक्षणमध्ये करिब १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- पछिल्लो समय नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा कुल परीक्षणमध्ये करिब १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ९.८२ प्रतिशत  कोरोना संक्रमित भेटिएका हुन्। पछिल्लो २४ घण्टामा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४५७ जनामा कोरोना पुष्टि भएको छ।

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म ११ लाख २२ हजार ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ लाख ६८ हजार ६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। 

संक्रमण ह्वात्तै बढ्न थाल्नु चिन्ताको विषय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्ला दिनहरुमा दैनिक दुई सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ। कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरेको छ।

यसअघि कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा कम थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 18, 2022| 16:40 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्