शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समुद्री घोडा र बाघको हड्डीसहित तीन चिनियाँ नागरिक पक्राउ

समुद्री घोडा र बाघको हड्डीसहित तीन चिनियाँ नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- समुद्री घोडा तथा बाघको छालासहित तीन जना चिनियाँ नागरीकलाई महानगरीय प्रहरी परिषर काठमाडौंले नियन्त्रणमा लिएको छ।

काठमाडौं वान होटलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङलाई काठमाडौंको ठमेलस्थित उनकै होटलबाट परीसरबाट खटिएको टोलीले पक्राउ गरेको छ। उनको साथबाट समुद्री घोडा ३०० ग्राम यार्सागुम्बा ९० ग्राम सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ केजी बरामद भएको छ।

दुर्लभ वन्यजन्तु बाघको हड्डीसहित चिनीयाँ नागरिक १८ वर्षीय जिन वाई तथा वर्ष १९ को झाङ यु ताईनलाई परिसरले पक्राउ गरेको हो।  उनीहरुको साथबाट बाघको खपडी, तथा  हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाईएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।