काठमाडौं- आफुले बोकेको १५ लाख हतियारधारी समूहले लुटेको झुटो उजुरी दिने अस्कल अलिलाई प्रहरीले नियन्त्रणा लिएको छ।
अस्कल अलिले आइतबार दिउँसो २ बजे बज्रयोगीनी बहुउद्देश्यीय सहकारी संस्था न्यूरोडबाट १५ लाख निकाली क्षेत्रपाटीमा रहेको आफ्नो पसल जाँदै गर्दा मोटरसाईकलमा आएका हतियाधारीले नगद लुटेको झुटो उजुरी प्रहरीलाई दिएका थिए।
लुटिएको भनिएको १५ लाख अस्कल अलि आफैंले काठमाडौं महानगरपालीका-१६ पकनाजोल स्थीत राजेस श्रेष्ठको भुईतलामा लुकाईराखेको अवस्थामा प्रहरीले बरामद गरेको छ।
झुटो विवरण दिएको बिषयमा थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। श्रोत नखुलेको रकम राखेका बिषयमा उनलाई आवश्यक अनुसन्धानको लागी सम्पती शुद्धिकरण विभाग पठाउने तयारी भैरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४