शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले १० अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल आज जारी गर्ने

राष्ट्र बैंकले १० अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल आज जारी गर्ने

नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। 

केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ। 

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो असोज ३१ गते परिपक्व हुनेछ । 

यसैगरी केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुन आगामी पुस १ परिपक्व हुनेछ। 

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रकाशित: Jul 18, 2022| 08:11 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्