मंगलबार, चैत ३, २०८२

स्वस्थ शरीरका लागि किन आवश्यक छ भिटामिन-ई?

शरीरलाई स्वस्थ राख्नका लागि अन्य धेरै प्रकारका पोषक तत्वहरू पनि आवश्यक हुन्छन्। जसमध्ये भिटामिन-ई पनि एक हो। यसको नियमित सेवन आवश्यक मानिन्छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- हामीले भिटामिन सी र डीको आवश्यकताहरूको बारेमा धेरै सुन्दै आएका छौं। तर, यी मात्र पर्याप्त छैनन्।

National life

शरीरलाई स्वस्थ राख्नका लागि अन्य धेरै प्रकारका पोषक तत्वहरू पनि आवश्यक हुन्छन्। जसमध्ये भिटामिन-ई पनि एक हो। यसको नियमित सेवन आवश्यक मानिन्छ।

एन्टिअक्सिडेन्ट प्रभाव भएको भिटामिन-ईले शरीरलाई धेरै रोगहरूबाट बचाउन विशेष भूमिका खेल्छ। भिटामिन-ई प्राकृतिक रूपमा केही खानामा पाइन्छ जसमा बीउ, नट, केही फलफूल र तरकारीहरू हुन सक्छन्। यी दैनिक रुपमा उपभोग गर्न आवश्यक मानिन्छ। भिटामिन-ईको कमीले मुख्यतया छाला र कपालको समस्या हुने गर्छ। 

एन्टिअक्सिडेन्ट गुणहरुको साथ


Laxmi sunrise bank
kumari

शरीरमा एन्टिअक्सिडेन्ट र प्रतिक्रियाशील अक्सिजन प्रजाति (आरओएस) को संचयमा असन्तुलनका कारण अक्सिडेटिभ तनाव हुन्छ।

यसले सेलुलर क्षतिको जोखिम बढाउँछ, जुन धेरै गम्भीर रोगहरुको कारण हुनसक्छ। भिटामिन ईले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्ने भएकाले यसको सेवन सुनिश्चित गरेर यी समस्याहरुलाई रोक्न सकिने अध्ययनहरुले देखाएको छ।

हृदय रोगको रोकथाम


भिटामिन ईको पर्याप्त सेवनले उच्च रक्तचाप, खराब कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ। यो एक भिटामिन हो जसले हृदय रोगको विकासको जोखिम कम गर्छ।

अध्ययनहरुका अनुसार भिटामिन ईको दैनिक आवश्यकता पूरा गर्ने मानिसलाई हृदय रोगको कम जोखिम हुन्छ। 

छाला र कपाललाई फाइदाजनक


छाला र कपाललाई स्वस्थ राख्न भिटामिन-ईको सेवन निकै उपयोगी मानिन्छ। एक्जिमा जस्ता छाला सम्बन्धी समस्या भएका व्यक्तिले भिटामिन-ई पूरकबाट फाइदा लिन सक्छन्।

यो एक पोषक तत्व हो जसले कपालको वृद्धि र बललाई कायम राख्छ। आहारमार्फत यसको नियमित खपत सुनिश्चित गर्न आवश्यक छ। यसले तपाईको छालालाई धेरै तरिकामा फाइदा पुर्‍याउन सक्छ।

भिटामिन ईको स्रोत


भिटामिन ई को दैनिक आवश्यकताहरु सामान्य दैनिक खानामार्फत सजिलै पूरा गर्न सकिन्छ। सूर्यमुखी र भटमासको तेल, बदाम, बटर, पालक र पेपरिका साथै फर्सीमा यो पोषक तत्व प्रशस्त हुन्छ।

खानामा यी चिज समावेश गर्दा फाइदा हुन्छ।  अमरउजालाबाट

प्रकाशित: Jul 18, 2022| 06:19 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्