सुर्खेत- मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतको शव गृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ।
सोमबार दिउँसो ४ बजेतिर भएको आगलागीबाट करिव १२ लाख बराबरको क्षति भएको क्षेत्रिय अस्पताल सुर्खेतका प्रशासकीय अधिकृत विनोद बस्नेतले जानकारी दिए।
‘आगलागीबाट शव गृहमा सामान्य क्षति भएको छ’ बस्नेतले भने ‘करिव १२ लाख बराबरको जेटेरेटर भने पूर्ण रुपमा क्षति पुगेको छ।’ दमकल र स्थानीयको प्रयासबाट करिव आधा घण्टामै आगो निभाइएको थियो। विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४