शनिबार, चैत ७, २०८२

शिक्षामन्त्रीले भने - माग पूरा गराउन विश्वविद्यालयमा तालाबन्दी गर्ने काम बन्द गरौं

पोखरा विश्वविद्यालयको आइतबार रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्‍न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

पोखरा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गनुपर्ने बताएका छन्। पोखरा विश्वविद्यालयको आइतबार रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्‍न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन्। 

National life

‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवम् विश्वविद्यालयको उन्‍नयन र विकासमा असर पर्छ, वार्तामार्फत समाधान खोजौं।’

उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भन्दै विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने बताए। उनले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको समेत बताए। 

उच्च शिक्षाको नाममा विदेशिएका विद्यार्थीमध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके त्यसलाई कम सकिने औंल्याए। 

उनले प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकाशमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गनुपर्नेमा उनले जोड दिए। 

Laxmi sunrise bank
kumari

उनले शिक्षक तथा प्राध्यपकहरुले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरुलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको बताए। दुईवटा विश्‍वविद्यालयको ऐन संसद्‌मा रहेको बताउँदै भएका विश्वविद्यालयले शिक्षण सिकाई र पाठ्यक्रम बनाउन मिहिनत गनुपर्ने समय आएको बताए। 


प्रकाशित: Jul 17, 2022| 18:32 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्