मंगलबार, चैत ३, २०८२

हैजा संक्रमितको संख्या ३१ पुग्यो, ६ जना बालबालिका

काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या ३१ पुगेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं– काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या ३१ पुगेको  छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नुवाकोटको ककनीका एक युवकमा हैजा देखिएसँगै संक्रमितको संख्या संख्या ३१ पुगेको हो।

National life

संक्रमितमध्ये तीन जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। हैजा देखिएकामध्ये दुई जना १४ किशोरकिशोरी र ६ जना बालबालिका छन्।

१५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ। यसैगरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको महाशाखाले जनाएको छ।

पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो।

प्रकाशित: Jul 17, 2022| 17:46 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्