बिहीबार, असार ३२, २०८३

२४ दिनपछि निर्मला हत्यामा संलग्‍न एकजना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २४ दिन पछि हत्यामा संलग्न एकजना पक्राउ परेका छन्। 

लामो दबाबपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोमबार एक जनालाई पक्राउ गरेको हो। स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दिलिपसिंह बिष्ट रहेको बुझिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति केन्द्रीय अनुसन्धान ब्यूरोको नियन्त्रणमा छन्।
  
गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला भीमदत्त नगर १८ मा रहेकी साथी रोश्नी वमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

स्रोतका अनुसार बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ। अदालतबाट थुनामा राख्न म्याद लिएपछि उनलाई आजै सार्वजनिक गर्ने प्रहरी तयारी छ। पक्राउ परेका अभियुक्त बिष्ट पहिला पनि अपराधमा जेल परेर छुटेका व्यक्ति रहेको बुझिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।