शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ७९ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्दै घोराही सिमेन्ट

७९ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्दै घोराही सिमेन्ट

कम्पनीले हिमालयन क्यापिटललाई सेयर निष्कासन र नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सेयर बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री प्राइभेट लिमिटेडले ७९ लाख ४३ हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागिएको जानकारी दिएको हो। 

National life

कम्पनीले हिमालयन क्यापिटललाई सेयर निष्कासन र नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सेयर बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

आइतबार भएको बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हिमालयनका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेस्टमेन्टका मनीषनारायण जोशी र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्। 

क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताका आधारमा घोराही सिमेन्ट नेपालको दोस्रो ठूलो उद्योग हो। यो सिमेन्टमा त्रिवेणी ग्रुप र विशाल समूहको संयुक्त लगानी छ। 

प्रकाशित: Jul 17, 2022| 14:10 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्