बिहीबार, असार ३२, २०८३

८.२२ अंकले घट्यो नेप्से, कुन लगानीकर्ताले बढी गुमाए?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से बजार ८.२२ अंक घटेको छ। नेप्से बजारमा आएका अधिकांश समूहरुको परिसूचक रातो हुँदा सोमबार नेप्से बजार घटेको हो। 

नेप्से परिसूचक ८.२२ अंक घटेर एक हजार १८८.०७ बिन्दुमा पुगेको छ।  १६० कम्पनीहरुको ३ हजार ६२८ शेयर ६ लाख ३ हजार १०२ पटक खरिद बिक्रीबाट २२ करोड ६१ लाख ७२  हजार ९३ रुपैयाँ  बराबरको शेयर कारोबारको भएको छ।
 
यस साताको शुरु दिन आइतबार पनि दोहोरो अंकले शेयर बजार घटेको थियो। 

सोमबार ‘क’ वर्ग कम्पनीको मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत १.७८ प्रतिशत घटेर २५०. ७५ बिन्दुमा पुगेको छ। उत्पादनमुलक समूह बाहेक बजारमा आएका नौं समूहको परिसूचक घटेको छ। 

सबैभन्दा बढी लाईफ इन्स्योरेन्सको परिसूचक ७५.२ अंकले घटेको छ। त्यसपछि नन लाईफ इन्स्योरेन्सको परिसूचक ५९.७४, हाइड्रो पावर समूहको २३.६३ लगायत बैंकिङ समूह, होटेल, विकास बैंक, फाइनान्स, अन्य समूह र माइक्रो फाइनान्स समूहको परिसूचक घटेको छ। 

जसमा सबैभन्दा बढी सिन्धु विकास बैंकका लगानीकर्ताले ९.३७ प्रतिशत लगानी गुमाएको छ। त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर शेयर लगानीकर्ताले ७.५१, हिमालयन पावर पार्टनर कम्पनीको लगानीकर्ताले ७.४० प्रतिशत गुमाएको छ।

ती बाहेक खानीखोला हाइड्रोपावर, च्याङ्दी हाइड्रो पावरलगायतका लगानीकर्ताले आफ्नो लगानी गुमाएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्