बिहीबार, असार ३२, २०८३

'स्थानीय कर सिंहदरबारले तोक्न मिल्दैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले स्थानीय तहलार्इ संघीय सरकारले कति कर उठाउने वा कुन-कुन विषयमा मात्रै उठाउने भनेर निर्देशन दिन नमिल्ने बताएका छन्। 

सोमबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय तहमा कर कति उठाउने भन्ने मापदण्ड निर्धारण गर्ने अधिकार स्थानीय तहकै भएकोले संघीय सरकारले निर्देशन गर्न नमिल्ने बताएका हुन्। 

उनले भने, 'स्थानीय तहको व्यय भार धान्नका लागि स्थानीय सरकारले कर उठाउने भएकोले सञ्चारमाध्यममा आएजसरी जथाभावी कर उठाएको भनेर आलोचना गर्न मिल्दैन। स्थानीय कर कति उठाउने भनेर सिंहदरबारले तोक्न पनि मिल्दैन।'
 
संघीय सरकारले स्थानीय तह सञ्चानलका लागि बजेट नदिएकोले कर उठाएको भन्ने सञ्चारकर्मी प्रश्नमा अर्थमन्त्री खतिवडाले भने, 'स्थानीय तह सञ्चालनका लागि सामान्यीकरण कोषबाट बजेट दिएको छ। र स्थानीय तहले पनि धान्ने र थेग्ने गरी कर उठाउन पाइन्छ।' 

निश्चित मापदण्डमा रहेर कानुन बमोजिम मात्र कर निर्धारण गर्न सरकारले सबै स्थानीय तहलार्इ परिपत्र गरिसकेको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

त्यसैगरी कांग्रेस महामन्त्री डा शंशाक कोइरालाले एकातिर दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशिएकोबेला स्थानीय तहले कर वृद्धि गर्न नमिल्‍ने बताएका छन्। उनले भने, 'हरेक कुरामा अत्यधिक कर वृद्धि गर्नाले जनता मारमा परेका छन्।' उनले कांग्रेसले जितेका स्थानीय तहका जनप्रतिनिधिलार्इ हाल बढाइएको करमा वृद्धि नगर्न निर्देशन दिने बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।